६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरुलाई दही, चिउँरा र पानी वितरण

कोरोना संक्रमणहुन बाट रोक्न सुरक्षा निकाय र घरमै बसिरहेका नागरिकलाई सूचना प्रवाह गरिरहेका सञ्चारकर्मी पत्रकारहरुको कदमलाई उच्च मूल्यांकन गर्दै दही, चिउँरा र पानी वितरण



कोरोना संक्रमणको जोखिम अन्त्यका लागि सरकारले लकडाउनको घोषणा गरेको ९ औं दिनमा कोहलपुर डेरी एशोसियनले सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरुलाई दही, चिउँरा र पानी वितरण गरेको छ ।

कोहलपुर नगरपालिका अन्र्तगतका विभिन्न चोक तथा नगरका विभिन्न भागमा तैनाथ सुरक्षाकर्मी तथा विभिन्न सञ्चारगृहमा क्रियाशील सञ्चारकर्मीहरुलाई सम्बन्धित सञ्चारगृहमै पुगेर दही, चिउँरा र पानी वितरण गरिएको एशोसियसन अध्यक्ष रमिला थापाले बताइन् । लड डाउनको समयमा सबै पसलशरु बन्द भएको अवस्थामा सुरक्षामा तैनाथ सुरक्षाकर्मी तथा समाचार संकलनमा खटिने सञ्चारकर्मी पत्रकारहरुको समस्यालाई मध्यनजर गर्दै दही, चिउँरा र पानी वितरण गर्ने निर्णयलाई कार्यान्वयन गरिएको महासचिव सन्तोषराज पौडेलले बताए । आफ्नो सुरक्षा संवेदनालाई परवाह नगरेर जनतालाई कोरोना संक्रमणहुन बाट रोक्न सुरक्षा निकाय र घरमै बसिरहेका नागरिकलाई सूचना प्रवाह गरिरहेका सञ्चारकर्मी पत्रकारहरुको कदमलाई उच्च मूल्यांकन गर्दै दही, चिउँरा र पानी वितरण कार्यलाई निरन्तरता दिइने एशोसियनको भनाई रहेको छ ।

Nabintech