९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेमा ३ कैदी कैद किनेर छुट्ने,थप १६ को निर्णय हुँदै


एक बर्ष भन्दा कम सजाय पाएकालाई कैद किनेर छोड्ने प्रक्रिया अन्र्तगत ३ जना कैदि बन्दी छोड्ने निर्णय अन्र्तगत बाँकेमा ३ जना कैदी बन्दीहरु छुटने भएका छन । जिल्ला अदालत बाँकेका नायव सुब्बा गणेश मिश्रले एक बर्ष भन्दा कम सजाए पाएका ३ जना कैदी बन्दीहरु छोड्ने निर्णय भएको छ । जस अन्र्तगत २ जना धरौटी जम्मा गरेर छुटि सकेका छन भने एक जना धरौटी बुझाउन नसक्दा जेल भित्रै छन । मिश्रका अनुसार प्राप्त निबेदनहरु बारे,थप निर्णय हुने छ ।

जिल्ला कारागार बाँकेका जेलर देबेन्द्र प्रताप श्रेष्ठले १९ जनाको फाईल अदालत पठाईएको नयाँ कोर्सलाई जानकारी दिए । जिल्ला कारागार बाँकेमा हाल ८ सय २७ जना कैदी बन्दीहरु रहेका छन् ।

यस्तै चितवन कारागार कार्यालय भरतपुरमा रहेका १५ जना कैदी कैद किनेर छुटेका छन् । सर्वोच्च अदालतले कोरोनाको संक्रमण हुनसक्ने भन्दै छोटो समय कैद रहेकालाई कैद किनेर छाड्न सरकारलाई निर्देशन जारी गरेसँगै १५ कैदी छुटेका हुन् ।
अदालतले एक वर्षसम्म कैद तोकेका उनीहरुले बाँकी अवधिको प्रतिदिन रु ३०० का दरले भुक्तान गरी छुट्न पाउने भएका हुन् ।

Nabintech