९ कार्तिक २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
१५५ जना नेपाली अलपत्र 


नेपालगञ्ज नाकाबाट प्रवेश गरेका नेपालीहरु सीमा नजिकै अलपत्र परेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले मंगलबारदेखि उनीहरुलाई खानपिनको ब्यवस्था गरेको भएपनि चर्को गर्मीमा खुला चौरमा बसिरहेका छन् । बुधबार १५५ जना दुईवटा रुखको छहारीमा बसिरहेका छन् । नाकामा अलपत्र परेका एकसय ६४ जना नेपालीहरु सीमा नजिकको निर्माणाधिन एकीकृत जाँच चौकीको खाली चौरमा बसिरहेका छन् । उनीहरुसँगै आएका महिला र नाबालिक गरि ९ जनालाई मब क्याम्पसको क्वारेन्टाईनमा राखिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले उनीहरुलाई ल्याएर मब क्याम्पसको क्वारेन्टाईनमा राख्न खोजिरहेको छ ।

स्थानीय प्रशासनले भने माथिल्लो तहको आदेश पर्खिरहेको छ । अलपत्र नागरिकको अवस्था बुझ्न बुधबार पुग्नुभएका नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले नेपाली नागरिकको अवस्था देशभित्रै दयनीय हुनु दुखद भएको बताउनुभयो । सीमापारी अलपत्र उनीहरुलाई भारतीय सुरक्षाकर्मीले मुख्य नाका भन्दा केही पश्चिम भएर नेपाल प्रवेश गर्न दिएका हुन् ।

Nabintech