८ कार्तिक २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा उच्च सर्तकता : १ जनालाई क्वारेनटाईनमा राखियो


कोरोना भाईरसको महाँमारी नियन्त्रणका लागि कोहलपुरमा उच्च सर्तकता अपनाईएको छ । कोहलपुर नगर स्वाथ्य शाखा प्रमुख डिल्ली राज पोख्रेलले कोहलपुर क्षेत्रमा पछिल्लो समय भारत वा अन्य मुलुक बाट आएकाहरुको निगरानि बढाईएको जानकारी दिए । भारत वा तेस्रो मुलुक बाट आएकाहरुको पुर्ण पहिचान गरि सकिएको जानकारी दिदै उनले उनीहरु लाई स्वाथ्य कर्मचारी र संवन्धीत वडाका जनप्रतिनिधीले नियमति निगरानि गरि रहेको नयाँ कोर्स लाई जानकारी दिए ।

प्रमुख पोख्रेलले नगर क्षेत्र भित्रका स्वाथ्यकर्मीहरु लाई अवश्यक सुरक्षा सामाग्रि लगायतको पनि व्यवस्थापन गरिएको जानकारी दिए । उनले सम्भाबित संकटलाई मध्यनजर गदै एम्बुलेन्स र स्वाथ्य सस्थाको क्षमता बिस्तारको काम भई रहेको पनि जानकारी दिए ।

प्रमुख पोख्रेलले महामारिका समयमा कतिपय औषधी पसल बन्द गरिएको जनगुनासो आएको बताउदै संकटका समयमा पनि अन्य समय जस्तै सेवा दिन औषधि पसल सञ्चालकहरुलाई आग्रह गरेपोख्रेलले भारत बाट आएकी कोहलपुर ८ कि एक महिलालाई क्वारेन्टाईनमा राखिएको समेत जानकारी दिए । कोहलपुर नगर पालिकाले वडानं ८ स्थित रहेको कृषि विकास बैंकको तालिम केन्द्रमा ३२ शैयाकाको क्वारेन्नटाईन तयारी अवस्थामा राखिएको छ । आवश्यक्ता हेरेर त्यसलाई ५० शैयाको क्वारेन्नटाईन बनाउने तयारी भैरहेको नगर श्वास्थ्य प्रमुख पोख्रेलले नयाँ कोर्सलाई बताए ।

Nabintech